सुचना
ग्यालरी
थुलुङ दुधकोशी गाउँपालिकाको केन्द्र मुक्लीमा अस्थायी प्रहरी चौकी उद्घाटन भएको छ ।
थुलुङ दुधकोशी गाउँपालिकाको आ.व. २०७५/०७६ को प्रथम चौमासीक सार्वजनिक सुनुवार्इ कार्यक्रम २०७५ मंसिर १९ गते गाउँपालिकाको केन्द्र मुक्लिमा सम्पन्न भएको छ ।
अस्पताल निर्माणार्थ बृहत महायज्ञ मुल आयोजक समिति गठन कार्यक्रम आज काठमाण्डौमा सम्पन्न भएको छ ।
२८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस गाउँपालिकाको जेष्ठ नागरिकहरुलार्इ सम्मान र उपहार प्रदान गरी सम्पन्न भएको छ ।
आगलागीबाट आफ्नो घर गुमाउनुभएका थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ३ पंचनका श्री विर बहादुर सार्कीलार्इ राहत स्वरुप गाउँपालिका प्रमुख असिम रार्इ ज्युबाट नगद प्रदान गरीएको छ ।
राष्ट्रिय बाल दिवसको अवसरमा थुलुङ दुधकाेशी गाउँपालिकाद्वारा अायाेजित गाउँपालिका स्तरीय अन्तर मा.वि. हाजिरिजवाफ प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ, साथै थुलुङ दुधकाेशी गाउँपालिकाभित्र विद्यालय उमेर (५-१२) का बालबालिका विद्यालय बाहिर नरहेको समेत घाेषणा भएको छ। हाजिरीजवाफ प्रतियोगितामा जिवनज्योति मा.वि. नेलेले प्रथम, जनता मा.वि. लोखिमले द्धितिय र विरेन्द्रोदय मा.वि. मुक्लीले तृतिय स्थान हासिल गर्न सफल भएको छ भने हिमालय मा.वि. जुबु र जनसेवा मा.वि लोखिमले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।