FAQs Complain Problems

सुचना

थुलुङ दुधकोशी गाउँपालिकाको सुविधासम्पन्‍न प्रमुख प्रशासकीय भवन

Read More

थुलुङ दुधकोशी अस्पताल, मुक्ली

Read More

गाउँपालिका कार्यालयको भवन प्रवेशद्धार

Read More

गाउँपालिकाको स्टेडियम डिजाईन

Read More

दुधकोशी सामुदायिक अस्पताल निर्मानार्थ संचालन गरिएको महायज्ञमा आउनुहुने श्रद्धालु भक्तजनहरुको बास व्यवस्थापनको लागि तयार गरिएको टेन्ट

Read More

थुलुङ दुधकोशी गाउँपालिकाको परिचय

यस थुलुङ दुधकोशी गाउँपालिका कोशी प्रदेश,  सोलुखम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट दक्षिण पूर्वी भागमा अवस्थित यस गाउँपालिका तत्कालिन नेले, कांगेल, पंचन, जुबु,  मुक्ली, देउसा र लोखीम गा. वि. स. मिलेर स्थापीत भएको हो । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गा. वि. स. मा रहेको छ। यस गाउँपालिकाको पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलु दुधकुण्ड नगरपालिका, उत्तरमा माप्य दुधकोशी गाउँपालिका र दक्षिणमा नेचा सल्यान गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिका रहेको छ । जनसङख्याको आधारमा हेर्दा नगरपालिका पछिको ठुलो गाउँपालिकाको रुपमा स्थापीत यस गाउँपालिकाको जनसङख्या २२३७५ र  क्षेत्रफल  १४४.६० वर्ग कि. मी. रहेको छ । यस गाउँपालिकामा विशेष  गरी थुलुङ राईहरुको बाहुल्यता रहेको छ साथै क्षेत्री, गुरङ, तामाङ, ब्राम्हण, शेर्पा, सुनुवार, नेवार, माझी, कामी, दमाई, दशनामी, सार्की, भुजेल लगाएत अन्य जातजातीहरुको समेत बसोबास रहेको छ। यस  गाउँपालिका विभिन्न धार्मिक तथा पर्यटकिय स्थल र प्राकृतिक सौन्दर्यताले भरीपूर्ण रहेको छ।

१. भौगोलिक अवस्थितिः

१.१. सिमाना:

पूर्वतिर: सोताङ गाउँपालिका
पश्चिमतिर: सोलु दुधकुण्ड नगरपालिका
उत्तरतिर: माप्य दुधकोशी गाउँपालिका
दक्षिणतिर:नेचा सल्यान गाउँपालिका (सोलुखुम्बु) र ऐसेलुखर्क गाउँपालिका (खोटाङ)

१.२. भू-भौगोलिक विशेषता: पहाडी–पर्वतीय भूभाग, नदीनालाहरूको विस्तृत प्रणाली तथा नदी घाटी कटानका कारण विविध भू-आकृतिक संरचना।

१.३. मुख्य नदी: दुधकोशी नदी

१.४. प्रमुख सहायक नदीहरू: सोलुखोला, हुंगा खोला, इङ्खु खोला, थामे/भोटेखोला


२. राजनीतिक तथा प्रशासनिक विभाजन:

प्रदेश: कोशी प्रदेश
जिल्ला: सोलुखुम्बु जिल्ला
वडा संख्या: ९ वटा
गाउँपालिका केन्द्र: मुक्ली


३. जनसंख्या स्थिति र क्षेत्रफल:

(राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार)

कुल जनसंख्या: १८,३५४ जना
पुरुष: ९,१५८
महिला: ९,१९६
लिंग अनुपात: पुरुष ४९.९% र महिला ५0.१%
कुल क्षेत्रफल: १४४.६० वर्ग किलोमीटर (५५.८ वर्ग माइल)
जनसंख्या घनत्व: करिब १२७ जना / वर्ग कि.मि.
घरपरिवार संख्या: ४,६२४ (२०७८)
औसत घरपरिवार साइज: ३.९७


४. स्वास्थ्य सेवाको अवस्थाः

अस्पताल:
१ (दुधकोशी सामुदायिक अस्पताल)
स्वास्थ्य चौकी:

५. शिक्षाको अवस्था:

  • सामुदायिक विद्यालय: ५१ वटा
  • निजी विद्यालय:
  • क्याम्पस:
  • आधारभूत विद्यालय: ४१
  • माध्यमिक विद्यालय: १०
  • धार्मिक विद्यालय:
  • विद्यार्थी संख्या: ४,०६६ (केटा: २,०३७ | केटी: २,०२९)
  • शिक्षक संख्या: ३५० (पुरुष: १६४ | महिला: १८४)

६. आर्थिक विकासका प्रमुख क्षेत्रहरू:

प्रमुख बालीहरू: मकै, धान, कोदो, गहुँ

प्रमुख फलफूलहरू: सुन्तला, कागती, नास्पाती, स्याउ

प्रमुख तरकारी बालीहरू: आलु, काउली, बन्दा, टमाटर, मुला, प्याज, लसुन, रायोको साग, पालुङ्गो, चिनो, साग मेथी, धनियाँ साग, लट्टे साग, भिन्डी, फर्सी, लौका, काक्रो, घिरौंला, घ्यू सिमी, केराउ, बोडी, खुर्सानी, अदुवा, बेसार

प्रमुख जडीबुटीहरू: चिराइतो, सुगन्धवाल, तितेपाती, बोझो, तिमुर, घोढताप्रे, पुदिना, अमला, हर्रो, वर्रा, काफल, पाँचऔले, जटामसी, भैरुङपाती


७. पर्यटकीय क्षेत्रहरू:

प्रमुख हिमाल, गुफा तथा पर्वतहरू: लोखिम पर्वत श्रृंखला, जुबु आसपासका पर्वतहरू, देउसा/पंचन क्षेत्रका उच्च पहाड, दुधकोशी नदी उपत्यकासँग जोडिएका पर्वत, मुक्ली गुफा, लोखिम गुफा, देउसा गुफा

प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू: दुधकोशी नदी घाटी, मुक्ली मन्दिर/गुफा, लोखिम गुम्बा/गुफा, जुबु गाउँ तथा आसपासका ट्रेकिङ मार्ग, देउसा मन्दिर/गुफा

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

का. वा. अध्यक्ष
९८६३९१००३४

कार्यपालिका सदस्यहरुको नामावली

का. वा. अध्यक्ष
९८६३९१००३४
वडा अध्यक्ष १ नं.
९८५१०४७२४४
वडा अध्यक्ष २ नं.
९८५२८३१८४८
वडा अध्यक्ष ३ नं.
९८१३९८५२०८
वडा अध्यक्ष ४ नं.
९८५१००९०८७
वडा अध्यक्ष ५ नं.
९८४४४९५२५५
वडा अध्यक्ष ६ नं.
९८५१०६४७५८
वडा अध्यक्ष ७ नं.
९८५२८५१००७
वडा अध्यक्ष ८ नं.
9861212078
वडा अध्यक्ष ९ नं.
९८६९८०६५९५
कार्यपालिका सदस्य
९८६१०६५७५८
कार्यपालिका सदस्य
९८६०६३४७७७
कार्यपालिका सदस्य
९८६२४२२३५०
कार्यपालिका सदस्य
९८६२१२३५३१
कार्यपालिका सदस्य
९७४५२७४३४०
कार्यपालिका सदस्य
९८४१९४३८६२

//