राष्ट्रिय बाल दिवसको अवसरमा थुलुङ दुधकाेशी गाउँपालिकाद्वारा अायाेजित गाउँपालिका स्तरीय अन्तर मा.वि. हाजिरिजवाफ प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ, साथै थुलुङ दुधकाेशी गाउँपालिकाभित्र विद्यालय उमेर (५-१२) का बालबालिका विद्यालय बाहिर नरहेको समेत घाेषणा भएको छ। हाजिरीजवाफ प्रतियोगितामा जिवनज्योति मा.वि. नेलेले प्रथम, जनता मा.वि. लोखिमले द्धितिय र विरेन्द्रोदय मा.वि. मुक्लीले तृतिय स्थान हासिल गर्न सफल भएको छ भने हिमालय मा.वि. जुबु र जनसेवा मा.वि लोखिमले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।