ग्यालरी

दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ थुलुङ दुधकोशी गाउँपालिकाद्धारा आयोजित श्रीमद् भागवत ज्ञान सप्‍ताह महायज्ञ तथा आध्यात्मिक महोत्सब २०७५ को पहिलो दिन दुधकोशी सामुदायिक अस्पतालको शिलान्यास भएको छ । शिलान्यास कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री र्इश्‍वर पोखरेल र विशिष्‍ट अतिथी प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन रार्इ ज्यूबाट सम्पन्‍न भएको हो ।

मिति: 03/16/2019 - 22:41
, , , ,

दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ थुलुङ दुधकोशी गाउँपालिकाद्धारा २०७५ चैत्र २ देखी ९ गतेसम्म गाउँपालिकाको केन्द्र मुक्लीमा आयोजित श्रीमद् भागवत् सप्‍ताह ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ मा सहभागी भैदिनहुन हार्दिक निमन्त्रणा गर्दछौँ ।

मिति: 02/19/2019 - 16:14
, ,

थुलुङ दुधकोशी गाउँपालिका भित्रका सबै स्वास्थ्य चौकीहरुमा विद्युतिय हाजिरी सुरु गर्नका लागी E- Attendance डिभार्इस वितरण तथा सन्चालन सम्बन्धी तालिम सम्पन्‍न । आर्इतबारबाट सबै स्वास्थ्य चौकीहरुमा विद्युतिय हाजिरी सुरु हुने।

मिति: 01/31/2019 - 15:57
, , , ,

थुलुङ दुधकोशी गाउँपालिकाद्धारा आयोजित अध्यक्ष रनिङ शिल्ड तथा बृहत खेलकुद प्रतियोगिता एबम् सांस्कृतिक कार्यक्रम - २०७५ आज 
विभिन्न विधामा विजयी टिम/ प्रतियोगीहरुलाइ शिल्ड, मेडल, कप र प्रमाण पत्र वितरण गरी सम्पन्न भएको छ।

मिति: 01/23/2019 - 14:54
, , , ,

थुलुङ दुधकोशी गाउँपालिकाको केन्द्र मुक्लीमा अस्थायी प्रहरी चौकी उद्घाटन भएको छ ।

मिति: 12/10/2018 - 10:06
, , , ,

थुलुङ दुधकोशी गाउँपालिकाको आ.व. २०७५/०७६ को प्रथम चौमासीक सार्वजनिक सुनुवार्इ कार्यक्रम २०७५ मंसिर १९ गते गाउँपालिकाको केन्द्र मुक्लिमा सम्पन्न भएको छ ।

मिति: 12/06/2018 - 10:55
, , , ,

Pages