FAQs Complain Problems

गाउँपालिका अध्यक्ष असिम राई ज्यू

Read More

थुलुङ दुधकोशी गाउँपालिकाको सुविधासम्पन्‍न प्रमुख प्रशासकीय भवन

Read More

दुधकोशी सामुदायिक अस्पताल मुक्ली

Read More

गाउँपालिकाको स्टेडियम डिजाईन

Read More

दुधकोशी सामुदायिक अस्पताल निर्मानार्थ संचालन गरिएको महायज्ञमा आउनुहुने श्रद्धालु भक्तजनहरुको बास व्यवस्थापनको लागि तयार गरिएको टेन्ट

Read More

गाउँपालिका कार्यालयको भवन प्रवेशद्धार

Read More

थुलुङ दुधकोशी टेक्निकल कलेज भवनको डिजाईन

Read More

छैटौँ गाउँसभा- २०७८

Read More

गाउँपालिका अध्यक्ष ज्यूको तर्फबाट

 

कैयौँ राजनैतिक आन्दोलन र दशबर्षे जनयुद्धको जगबाट स्थापित संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको बहुप्रतिक्षित संविधान जारी भएसँगै नेपाली राजनैतिक स्थिरताको युग शुरु भएको छ । वि.सं. २००४ सालदेखिको राजनैतिक अस्थिरता, अन्योलता र दिशाहिनताको दुरावस्थालाई चिर्दै पटक पटकको अथक प्रयास पछि नेपालको संविधान २०७२ जारी भएसँगै नेपालमा संघियता कार्यान्वयनको मुल ढोका खुलेको हो । विभिन्‍न कालखण्डमा हजारौँ वीर शहिदहरुको बलिदानीबाट प्राप्‍त गणतन्त्र, संघियता र धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धिहरुको रक्षा र कार्यान्वयनले अहिले गति लिएको आभास आम नागरिकसामु पुग्‍न सफल भएको छ ।

उल्लासपूर्ण वातावरणमा अधिक नागरिक सहभागिताका साथ स्थानीय तहको निर्वाचन २०७४ सफलता पुर्वक सम्पन्‍न हुनु र मुलुकमा तीन तहको सरकार गठनको काम सम्पन्‍नताले पनि संघियताप्रति नेपाली जनताको ब्यग्रता, दृढता, समर्पण र भरोसालाई उजागर गरेको कुरामा दुईमत छैन । हामीलाई विश्वासको मत प्रदान गरेर स्थानीय सरकारको नेतृत्वको जिम्मा दिएर ऐतिहासिक र महत्वपूर्ण राजनैतिक, सामाजिक अभिभारा पुरा गर्ने जिम्मेवारी दिनुभएकोमा म यस गाउँपालिकाका सबै मतदाता र आम नागरिकमा आभार प्रकट गर्दै तपाईको विश्वासको मतलाई यस पालिकाको विकास र सम्बृद्धिमा अहोरात्र प्रयोग गर्ने र नमुना गाउँपालिका बनाउने दृढ संकल्प प्रस्तुत गर्दछु ।

भौतिक र मानवीय विकासलाई समानान्तर रुपमा आगडी बढाउँदै नागरिकको घरदैलोको सरकारको अनुभुति गराउने जिम्मेवारी हाम्रो काँधमा छ । शासक नभइ पालिकाबासिको सेवकको रुपमा अनवरत क्रियाशिल रहि प्रदेश तथा केन्द्र सरकार र निजि क्षेत्रको समेत साझेदारीमा थुलुङदुधकोशी गाउँपालिकालाई सबै दृष्टिकोणले नमुना बनाउने प्रण गर्दछु । वृहत्तर विकासका लागि हातेमालो को अवधारणा बनाएर नै कामहरु अगाडी बढाईएको छ । विकास निर्माण र सेवा प्रवाह दुवैमा नागरिक अधिकारको प्रत्याभुति दिलाउने काम हाम्रो हुनेछ । आम मतादालाई पछुतो होईन गर्व गर्न लायकको ब्यवहारिक वातावरण बनाउन केही महत्वपूर्ण गौरवका आयोजनाहरु अगाडी सारेको छु । नमुना एकिकृत बस्ति, अर्गानिक भिलेजको घोषणा, ईको भिलेजको रुपमा गाउँपालिकालाई विकसित गरि नेपालकै पहिलो वातावरणमैत्री गाउँपालिका निर्माण गर्ने, प्राविधिमा आधारित गाउँपालिकाको रुपमा विकशित गरि ई-गभरनेन्स लागु गर्ने र बृहत्तर ओगानेम विकास परियोजना सञ्‍चालन गर्ने गरि विस्तृत परियोजना प्रतिवेदन बनाउने काम अगाडी बढाईएको छ ।

अन्त्यमा, राजनैतिक आस्था भन्दा माथि रहेर सहभागितात्मक विकासको मुल मन्त्रलाई आत्मासाथ गर्दै सदाचारयुक्त, समुन्‍नत र समतामुलक समाज निर्माणको महान कार्यमा हाम्रा पाईला लम्किरहनेछन् । भौतिक, सामाजिक तथा आर्थिक विकासको माध्यमले रोजगारी सृजना गरि आत्मनिर्भर गाउँपालिका बनाउने काममा यहाँहरुको निरन्तर साथ, सहयोग, सहभागिता एवं सल्लाह र सुझावको अपेक्षा गरेको छु ।

धन्यबाद ।

जन प्रतिनिधि

अध्यक्ष
९८५१०३८२९१
उपाध्यक्ष
९८६३९१००३४

कार्यपालिका सदस्यहरुको नामावली

गाउँपालिका अध्यक्ष
९८५१०३८२९१
उपाध्यक्ष
९८६३९१००३४
वडा अध्यक्ष १ नं.
९८५१०४७२४४
वडा अध्यक्ष २ नं.
९८५२८३१८४८
वडा अध्यक्ष ३ नं.
९८१३९८५२०८
वडा अध्यक्ष ४ नं.
९८५१००९०८७
वडा अध्यक्ष ५ नं.
९८४४४९५२५५
वडा अध्यक्ष ६ नं.
९८५१०६४७५८
वडा अध्यक्ष ७ नं.
९८५२८५१००७
वडा अध्यक्ष ८ नं.
9861212078
वडा अध्यक्ष ९ नं.
९८६९८०६५९५
कार्यपालिका सदस्य
९८६१०६५७५८
कार्यपालिका सदस्य
९८६०६३४७७७
कार्यपालिका सदस्य
९८६२४२२३५०
कार्यपालिका सदस्य
९८६२१२३५३१
कार्यपालिका सदस्य
९७४५२७४३४०
कार्यपालिका सदस्य
९८४१९४३८६२

योजना तथा परियोजना