FAQs Complain Problems

थुलुङ दुधकोशी गाउँपालिकाको परिचय

यस थुलुङ दुधकोशी गाउँपालिका कोशी प्रदेश,  सोलुखम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट दक्षिण पूर्वी भागमा अवस्थित यस गाउँपालिका तत्कालिन नेले, कांगेल, पंचन, जुबु,  मुक्ली, देउसा र लोखीम गा. वि. स. मिलेर स्थापीत भएको हो । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गा. वि. स. मा रहेको छ। यस गाउँपालिकाको पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलु दुधकुण्ड नगरपालिका, उत्तरमा माप्य दुधकोशी गाउँपालिका र दक्षिणमा नेचा सल्यान गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिका रहेको छ । जनसङख्याको आधारमा हेर्दा नगरपालिका पछिको ठुलो गाउँपालिकाको रुपमा स्थापीत यस गाउँपालिकाको जनसङख्या २२३७५ र  क्षेत्रफल  १४४.६० वर्ग कि. मी. रहेको छ । यस गाउँपालिकामा विशेष  गरी थुलुङ राईहरुको बाहुल्यता रहेको छ साथै क्षेत्री, गुरङ, तामाङ, ब्राम्हण, सुनुवार, नेवार, माझी, कामी, दमाई, दशनामी, सार्की, भुजेल लगायत अन्य जातजातीहरुको समेत बसोबास रहेको छ। यस  गाउँपालिका विभिन्न धार्मिक तथा पर्यटकिय स्थल र प्राकृतिक सौन्दर्यताले भरीपूर्ण रहेको छ।